फरवार्ड माइक्रोफाइनान्सको खुद नाफामा सुधार, रिर्जभ कोष राम्रो

बैशाख २९, काठमाडौं । सुनसरीको दुहवी प्रधानकार्यलय रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १०.६७५ ले खुद नाफा वृद्धि गरेको छ । फरवार्डले तेस्रो त्रैमासमा २३ करोड ५८ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसै अवधिमा फरवार्डले २१ करोड ३१ लख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । फरवार्डको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि गत वर्षको भन्दा वृद्धि भएको देखिएको छ । 

गत वर्ष ४६ करोड ३१ लाख ६ हजार रहेको खुद ब्याज आम्दानी गरेको फरवार्डको यस वर्ष २७.५९५ ले बढेर ५९ करोड ८ लाख ८९ हजार पुगेको छ । साथै, गत वर्ष ३३ करोड ४९ लाख १८ हजार रहेको सञ्चालन नाफा पनि यस त्रैमासमा १०.४६५ ले वृद्धि गरेर ३६ करोड ९९ लाख ६१ हजार पुर्याएको छ । फरवार्डले यो त्रैमास सम्ममा ४ अर्ब ३३ करोड ४० लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ५२ करोड ४ हजार रुपैयाँ कर्जा विस्तार गरेको देखिन्छ । गत वर्ष यसै अवधिको भन्दा निक्षेप संकलनमा ४५.७४५ र कर्जा लागनीमा ३१.९०५ वृद्धि गरेको छ । यसको खराब कर्जा ०.०५ प्रतिशतले बढेर ०.७६ पुगेको छ । कस्ट अफ फन्ड ९.५३ प्रतिशत रहेको छ । गत वर्ष खराब कर्जा ०.७१ प्रतिशत र कस्ट अफ फन्ड १० प्रतिशत थियो । हाल फरवार्डको चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ छ । कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस वितरणपछि पुँजी वृद्धि भएको हो । कम्पनीको रिजर्भ कोषमा ८० करोड ५५ लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ । फरवार्डको प्रतिसेयर आम्दानी ८३ रुपैयाँ २७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ २९ पैसा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *