छुट्टा छुट्टै घटनामा दुईको मृत्यु

लहान,भाद्र ८ । सप्तरीको छुट्टाछुटै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ ।

तिरहुत गाउँपालिका–४ मा रहेको कमलदह पोखरीमा डुबेर स्थानीय देवनारायण यादवको घरमा बस्दै आएका ७५ वर्षीय इन्द्रमणी राईको मृत्यु भएको छ । हिजो बिहीबार पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको इन्दमणी राईको खोजतलास गर्दा साँझ मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिए ।

त्यस्तै गरी सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद साहको घरमा डेरा गरी बस्ने एक युवकले भुण्डिएर आत्महत्या गरेका छन् । सप्तरीकै अग्निसाइर कृष्णशवरण गाउँपालिका–५ निवासी लक्ष्मीकान्त मेहताका १९ वर्षीय छोरा अभिषेक मेहताले आफ्नै कोठाको सिलिङको पङ्खामा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *