बाबुराम भट्टराईको प्रश्नः तलबभत्ता नलिने नेताहरुको विलासी खर्च कसरी चल्छ ?

वैशाख २, काठमाडौं। कोरोना भाइरसको महामारीका बेला आफ्नो तलब भत्ता नलिने प्रधानमन्त्रीलगायत कतिपय नेताहरुको घोषणाप्रति पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कटाक्ष गरेका छन्। 

उनले तलब भत्ता नलिने घोषणा गरेका नेताहरुलाई विलासी रहनसहनको खर्च कसरी चल्छ भनेर प्रश्न गरेका छन्।  डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा पैतृक सम्पत्ति र वैध कमाइ नहुने शीर्ष तहका नेताहरूको विलासी रहनसहन र चुनाव खर्च कसरी चल्छ ? खुलाउनु पर्ने बताए।   

उनले थप प्रश्न गरेका छन्, ‘प्रमलगायत कतिपय बडे नेताहरूले आफ्नो दृश्य तलब/भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो। त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरू (कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने!) को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि?’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पारिश्रमिक राहत कोषमा दिने र शेखपछि सम्पत्ति पनि प्रतिष्ठानको नाममा रहने सार्वजनिक गरेका छन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सोमबार सामाजिक सञ्जालमार्फत एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना कोषमा र बाँकी दश महिनाको विपन्न वर्गका लागि आर्थिक राहत कोषमा दिने घोषणा गरेका थिए।   

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब, उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब, मन्त्रीहरुले एक महिनाको तलब र सांसदहरुले १५ दिनको कोरोना कोषमा जम्मा गर्ने घोषणा यसअघि नै गरिसकेका छन्। भट्टराईले मंगलबार ट्विटरमा ठूला नेताहरूले तलब, भत्ता त्याग्ने घोषणा गर्नू राम्रो भएको उल्लेख गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *