सरकारका प्रवक्तालाई सञ्चार प्रति किन यतिसारो रिस

मंसिर २४, काठमाडौं । सरकारका प्रवक्ता सुचना तथा प्रविधिमन्त्री गोकूल बाँस्कोटा पूर्वसञ्चारकर्मी समेत हुन् तर, आजकल उनी सञ्चारमन्त्री र पूर्व सञ्चारकर्मी कम छापामार बढि भएको भान हुँदै गएको छ । 

पत्रकार आचारसंहिता अनुसार कलम नचलाएको, सरकारको आलोचना मात्र गरेको, राम्रा कामको प्रचार नगरिदिएको, निर्मला पन्तको केस बढि उछालेको, आफैं छापा मार्न गएको आदी इत्यादी कटाक्ष नगरीकन आजकल उनी पत्रकार सम्मेलन नै गर्दैनन् । अझ पछिल्ला दिनमा बालिका निर्मला पन्त बलात्कार काण्डमा मिडियाले सरकारलाई मात्रै दोष देखाएपछि उनी झन आक्रोसित हुँदै गएका छन् । 

 

null

उनी त्यत्तिमा मात्र सिमित छैनन्, सरकारको आलोजना गर्ने मिडियालाई त फेक न्यूज उत्पादन गर्ने कम्पनी पनि भन्न थालिसके । गत विहिबार मन्त्रिपरिषद्को निर्णय सुनाउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोले ‘कतिपय मिडिया फेक न्युज प्रोड्युसर कम्पनीका रूपमा विकास हुन थालेका हुन् कि जस्तो छ ।’ 

त्यस अघि एसिया प्यासिफिक सम्मेलनमा सरकार सह आयोजक बनेको प्रशंगमा एक पत्रकारको झाँको झारे । हिजो फेरी न्यूज २४ टेलिभिजनका कार्यक्रम सञ्चालक रबि लामिछाने प्रति इङिगत गर्दै ‘पत्रकारले छापा मार्न थालेछन्’ सम्म भने । उनी सार्वजनिक समारोहमा मिडिया माथि दोष थोपर्छन् । पत्रकार सम्मेलनमा पत्रकारले प्रश्न सोध्दा झर्कि फर्कि गर्छन् । अलिक कमजोर पत्रकार भएभने त आचारसंहिताका अनेक नियम उपनियम सुनाउँदै विचरालाई रुनु न हास्नु बनाइ दिन्छन् । यतिमात्र कहाँ हो र ! उस्तै परे ‘नसक्नेले मिडिया बन्द गर्नु’ समेत भन्छन् । 

हो, सञ्चार क्षेत्र तटस्थ हुन आवश्यक छ । पत्रकारिताको सामान्य नियमले पिडित र पिडक दुवैको भनाई समेट्नु पर्छ भन्छ । तर, त्यसो भन्दैमा अपराधीको प्रशंसामा शब्द खर्चिएर पिडितलाई अन्याय हुन दिनु पनि त भएन ।  

राजनीतिमा आउनुपूर्व सञ्चारकर्मी नै रहेका बास्कोटा मिडियामैत्री हुनुपर्ने ठाउँमा छन् । नेपाली पत्रकारिता र सञ्चारक्षेत्रको विकासको लागि ठूलो भूमिका निर्वाह गर्न सक्छन् । तर, उनको ब्यवहार हेर्दा पुरै १८० डिग्री परिवर्तन भएका छन् । मिडियाको धर्म कोहि अन्यायमा परेको छ भने त्यसका पक्षमा रहेर समाचार संप्रेषण गर्नु दायित्व हैन र ? कि अपराधीले साहसपूर्वक अपराध गर्यो भनेर त्यसको चाँही प्रशंसा गर्नु ? 

हो, सञ्चार क्षेत्र तटस्थ हुन आवश्यक छ । पत्रकारिताको सामान्य नियमले पिडित र पिडक दुवैको भनाई समेट्नु पर्छ भन्छ । तर, त्यसो भन्दैमा अपराधीको प्रशंसामा शब्द खर्चिएर पिडितलाई अन्याय हुन दिनु पनि त भएन । 

निर्मला हत्या प्रकरणमा चार महिना भयो अनुसन्धान गरेको, हत्यारा पत्ता लाग्नु त कता हो कता, उल्टै प्रहरीको अनुसन्धान नै संकास्पद हुँदै गएपछि पत्रकारले निर्मला पन्त दोषि हो भनेर त लेख्ने कुरा भएन । 

एशिया प्यासिफिक सम्मेलनमा सरकार सुरुमा सह–आयोजक नभएको भए सरकारको लोगो र नाम प्रयोग गर्न किन दिइयो । के एउटा ब्यक्तिले शक्ति र पहुँच छ भन्दैमा मनलाग्दी गर्ने छुट छ ? उसो भए भोली फेरी अरुले सरकारी नाम र लोगो प्रयोग गरेर कार्यालय खोलेरै काम गरेभने त्यसलाई बैधानिकता दिने त ? सरकार कानुनी राज्य स्थापित गर्न सक्दैन भने, त्यसका विरुद्धमा खबरदारी गर्नु मिडियाको धर्म हो । 

मिडियाले राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा कलम चलाउने हो नकी एउटा ब्यक्ति, समुह र पार्टी इतरमा । सरकार कमजोर भयो, देशमा दण्डहिनता बढ्यो, भ्रष्टाचार बढ्यो, बलात्कार बढ्यो, न्याय हरायो, शुसाशन कायम भएन भनेर कलम चलाउनै नपाइने हो र ? 

गोरखापत्र र रेडियो नेपाल जस्तो सरकारी पक्षका मात्र समाचार र विचार संप्रेषण गर्नु भनेको सरकारको भजनमण्डली बन्नु हो । यसले भोली अर्को तानाशाहको जन्म नहोला भन्न सकिन्न । बास्कोटाका अधिब्यक्ति तानाशाह प्रवृत्तिका छन् । त्यसलाई सच्याउन जरुरी छ । 

सञ्चारमन्त्रीको ब्यवहार हेर्दा उनमा दुई तिहाइ सरकारको दम्भ पनि देखिएको छ । त्यसमाथि प्रधानमन्त्री पनि आजकल बुद्धिजिवी र सञ्चारकर्मी प्रति त्यत्ति उदार छैनन् । ‘जसजसो बाजे उसैउसै स्वाहा’ भने झैं प्रवक्ता पनि प्रधानमन्त्रीकै पदचापमा छन् । यसले भोली प्रेस स्वतन्त्रता माथि अंकूश पनि नलाग्ला भन्न सकिन्न । 

आलोचना सहन नसक्ने मान्छेले नेतृत्व गर्न पनि सक्दैन । बाँस्कोटाका भनाई र हर्कत मिडियामैत्री मात्र हैन, जनमैत्री पनि छैन । जनमैत्री नभएको सरकार र तीनका मन्त्री पदमा नटिकेको उदाहरण हाम्रै देशमा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *