राप्ती ४ मा वडाको सेवा टोल टोलमा

माघ १५, चितवन । राप्ती नगरपालिका वडा नम्वर ४ ले टोलटोलमा पुगेर सेवा प्रवाह सुरु गरेको छ । ४ नम्वर वडा कार्यालयले टोल टोलमा पुगेर वडा कार्यालयबाट हुने सम्पूर्ण सेवा घुम्ती शिविर मार्फत दिन थालेको हो ।   

सुन्दर प्रेम टोल विकास संस्थाबाट सेवा प्रवाहको काम भएको राप्ती ४ का वडाध्यक्ष शमशेर लामाले वताए । अपाङ्गता भएका र जेष्ठ नागरीकको सहजताका लागि नयाँ थालनिको प्रयास गरिएको उनको भनाई छ । घुम्ती शिविरबाट सुन्दर प्रेम टोल विकास संस्थाका २५ जनाले सेवा लिएका छन् ।   

चर्चा कमाउने कुनै मेसो होईन् वडाध्यक्ष लामाले भने, ‘कार्यालयसम्म सेवा लिन जान नसक्नेहरुलाई मध्यनजर गरेर टोल टोलमा पुगेका हौ ।’ अपाङ्गता भएका र जेष्ठ नागरीकले आफुलाई आवश्यक सिफारिस टोलबाटै लिई नगरमा जान सक्नेछन् । सेवा प्रवाहका लागि वडाध्यक्ष लामासंगै वडा सदस्यहरु, कर्मचारी सुन्दर प्रेम टोल पुगेका थिए ।   

यो कार्यले वडावासीहरुसंग निरन्तर भेट हुने र सम्र्पक हुने अवसर समेत जुट्ने अध्यक्ष लामाले वताए । महिनामा एक पटक एक टोलमा पुगेर सेवा प्रवाह गर्ने वडा कार्यालयको योजना छ । वडा कार्यालयले दिने सेवाहरु नागरिकता, घरबाटो, विद्युतका लागि सिफारिस साथै जन्मदर्ता र मृत्यु दर्ता लगायत सेवा टोलवासीले प्राप्त गर्ने वडा सचिव शुष्मा पुडासैनीले वताईन् । राप्ती ४ मा ९ वटा टोल विकास संस्थामा १ हजार २२३ घरधुरी छन् ।  

राप्ती नगरपालिका वडा नम्वर ४ ले चालु आर्थिक वर्षमा गरिव,विपन्न समुदायलाई घरघरमै पुगेर सिरक डसना वितरण गर्नुका साथै वडा भित्रका एक सय घरधुरीको निशुल्क स्वास्थ बीमा पनि गरिसकेको छ । त्यस्तै सुत्केरीलाई पोषण खर्च,विद्यालयमा खाजा कार्यक्रम पनि लागू गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *