एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कात्तिक २५, विराटनगर । मोरङको सुन्दर–हरैँचा नगरपालिका–९ स्थित विराटचौकमा गएराती एम्बुलेन्सको ठक्करबाट एकजनाको ज्यान गएको छ । 

गएराती पौने १ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गरेको मे १ च ४५१९ नम्बरको एम्बुलेन्सले उत्तरबाट दक्षिण तर्फ बाटो काट्दै गरेको को १६ प २७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा सोही स्थानका मोटर साईकल चालक ३९ वर्षीय रोशन गजुरेलको मृत्यु भएको हो । 

एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते बनेका गजुरेलको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

null

दुर्घटनामा एम्बुलेन्स चालक झापा शिव सताक्षी नगरपालिका–६ का ४८ वर्षीय ददिराम रेग्मी र एम्बुलेन्समा सवार गौरीगञ्ज गाउँपालिका–१ का १८ वर्षीय सुनिल गुरागार्इँ घाईते भएका छन् । 

घाईतेको बेलबारी स्थित नोबेल अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न एम्बुलेन्स र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *