ऊर्जा दक्षता रणनीति सार्वजनिक, ऊर्जा दक्षता प्रतिवर्ष १ दशमलव ६८ प्रतिशत पुर्याउने लक्ष्य

उपलब्ध ऊर्जाको दक्षतापूर्ण उपयोगबाट ऊर्जामा पहुँच बढाई ऊर्जा सुरक्षामा सहयोग पु¥याउने दूरदृष्टि राखी सरकारले पहिलोपटक राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ ल्याएको छ । गत मङ्सिर ३ गतेको मन्त्रिपरिषद्बाट पारित रणनीतिलाई सोमबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।  

रणनीतिमा सन् २०१५ सम्म रहेको ऊर्जा दक्षताको प्रतिवर्ष शून्य दशमलव ८४ प्रतिशतलाई औसत दर दोब्बर गरी २०३० सम्म प्रतिवर्ष १ दशमलव ६८ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । 

रणनीतिले ऊर्जा खपत घनत्व घटाई उत्पादकत्व बढाएर आर्थिक वृद्धिमा टेवा पुर्याउने, यसबाट वातावरण सन्तुलन कायम गरी स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने उद्देश्य राखेको छ ।  

null

रणनीतिमा उपभोक्ता तहदेखि नीति निर्माण तहसम्म ऊर्जा दक्षता सम्बन्धमा जनचेतना जगाउने, आवश्यक स्रोतको व्यवस्थापन र परिचालन, पूर्वाधार निर्माण र जनशक्ति विकासका लागि नीतिगत, कानूनी र संस्थागत संरचनाको निर्माण गर्ने, ऊर्जा दक्षताको स्थापित अन्तर्राष्ट्रिय र क्षेत्रीय मापदण्डको आधारमा राष्ट्रिय मापदण्ड र स्तर निर्धारण गर्ने कुरामा जोड दिइएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जर्मन सहयोग नियोग (जिआइजेड)को आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले परम्परागत तथा खनिज इन्धनको निर्भरतालाई कम गरी स्वच्छ तथा हरित ऊर्जाको प्रवद्र्धन गर्न सरकारले ऊर्जा दक्षता रणनीति ल्याएको स्पष्ट गरे । 

रणनीतिले मुलुकको समग्र आर्थिक सम्बृद्धिका लागि विभिन्न पक्षहरूलाई उजागर गरेको बताउँदै उनले भने, ‘‘यसका लागि हरेक नागरिकले आफ्नो सोच र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *