गुगलले हटायो यौन दुर्व्यवहारको आरोप लागेका ४८ कर्मचारी

कात्तिक ९, काठमाडौँ । ‘टेक्नोलोजी जायन्ट’ मानिएको गुगलले विगत दुर्इ वर्षमा यौन दुर्व्यवहारको आरोप लागेका ४८ जना कर्मचारीलार्इ कामबाट निष्कासन गरेको छ । 

गुगल कम्पनीले आफ्नो १३ वरिष्ठ व्यवस्थापकसहित ३५ जना कर्मचारी निष्कासन गरेको हो । 

गुगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचईले आफ्नो कर्मचारीहरुको नाम जारी गरेको एक पत्रमा कम्पनी दुव्र्यवहारका आरोपमाथि कडा फैसला लिइएको उल्लेख छ । 

null

 

न्यूयोर्क टाइम्समा एन्ड्रोइड सफ्टवेयरका निर्माता एन्डी रुवीनलार्इ जागिरबाट हटाउँदा ९ करोड डलर बराबरको प्याकेज दिएर सम्मानका साथ बिदाई गरेको प्रतिवेदन सार्वजनिक भएपछि पिचाइले उत्तरमा सो पत्र लेखेको जनाइएको छ। 

 

त्यस्तै सुन्दर पिचईले आफ्नो पत्रमा लेखेका छन्, ‘न्यूयोर्क टाइम्सको रिपोर्ट पढ्दा मलाई धेरै गाह्रो भयो । गुगल यस किसिमको मामिलाप्रति गम्भीर छ । गुगल आफ्नो कर्मचारी र सुरक्षित कार्यक्षेत्र दिन तत्पर छ ।’ 

उनले यौन उत्पीडनसँग जोडिएका हरेक आरोपको अनुसन्धार गरेर नै यस्तो फैसला गरिएको बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *