राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

माघ २१, काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । 

टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । 

राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायतले स्वागत गरेका थिए । 

null

टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायतले स्वागत गरेका थिए ।  

घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज समान २-१ ले जितेको थियो । दुवै सिरिजको सुरुवाती खेल गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो । 

नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज समेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *