प्रधानमन्त्रीको भ्रमण संस्कृति कुटनीतिलाई बढावा दिन महत्वपूर्ण : डा. सिम्खडा

बैशाख २४, काठमाडौं । परराष्ट्र मामिलाका जानकार तथा पूर्व राजदुत डा. शम्भुराम सिम्खडाले प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडियाको भ्रमण संस्कृति कुटनीतिलाई बढावा दिन महत्वपूर्ण रहेको टिप्पणी गरे । 

 

उनले मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यस्ताे भनेका हुन् ।  सिम्खडाले भियतनाम र कम्बोडिया दुवै देश संक्रमणकालिन अवस्थाबाट माथि उठेर उच्चस्तरको आर्थिक वृद्धिद्धर हासिल गरेका मुलुक भएकोले भ्रमणको क्रममा त्यसबाट लाभ लिन सक्नुपर्ने सुझाए । 

null

भियतनाममा हुने बैशाखी सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता हुने र सम्बोधन गर्ने कुरा राम्रो भएको पनि उनले स्पष्ट पारे । यद्धपी उनले नेपालको आन्तरिक राजनीतिकलाई सुविचार गरेर गर्दै पूर्व तयारी राम्रो काम गरेर गएको भए उपयुक्त हुने थियो भन्नेपनि धारणा राखे । नेपालको विदेश नीतिमा आम सहमति हुनुपर्ने पनि उनले बताए ।  

नेपालको संक्रमणकालिन न्याय जटिल विषयवस्तु बनेर आउनेवाला रहेको पनि उनले खतरा औंल्याए । अहिलेको सरकार नेपालको ईतिहासमै तेस्रो ठूलो प्रवाह भएकोले अब आफ्नो छबि कस्तो बनाउने भन्ने कुरा उसको प्रस्तुतिकरणमा भर पर्ने पनि उनको भनाई छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *