प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने ३ जना पक्राउ

 

वैशाख १, काठमाडौं । प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

३ लाख ५० हजार घुस दिन खोज्ने काठमाडौं महानगरपालिका–१५ चमतीस्थित बा५ख ४८४२ नम्बरको बसका चालकसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

null

बसका चालक सर्लाही घर भइ काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने २६ वर्षीय श्याम विश्वकर्मा, सुर्खेत घर भइ काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३२ वर्षीय दीपा रानामगर र नुवाकोट ककनी गाउँपालिका–२ घर भएका २९ वर्षीय भरत तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

अवैध रुपमा ल्याएको लत्ताकपडाहरू बरामद गर्ने क्रममा डिउटीमा खटिएको प्रहरीलाई घुस दिन खोजेपछि उनीहरुलाई निन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *