किशोरी बलात्कार अभियोगमा नेविसंघका जिल्ला नेता पक्राउ

मंसिर २, काठमाडौँ । किशोरी बलात्कारको अभियोगमा नेविसंघ नुवाकोटको जिल्ला नेता पक्राउ परेका छन् । 

नुवाकोट प्रहरीले बलात्कार अभियोगमा विदुर नगरपालिका वडा नं. ४ बट्टारबाट स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएको हो । 

उनीहरुले गत कात्तिक २१ गते नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।  

null

कात्तिक २१ गते बुधबार लक्ष्मी पूजाको साँझ देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीहरुलाई गत शुक्रबार प्रहरीले बन्धक बनाएको अवस्थामा सुर्खेतबाट उद्धार गरेको थियो । 

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *