शनिबारसम्म हेलिकप्टर उडान नगर्न/नगराउन राष्ट्रिय आपतकालीन केन्द्रको अपिल

 

बैशाख २०, काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले नेपालमा पनि ‘फानी’ को प्रभाव देखिएको उल्लेख गर्दै शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न अपिल गरेको छ । 

पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न–नगराउन राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक अपिल गरेको हो । भारतमा आएको फानी चक्रवातले नेपालको पूर्वी भाग पनि नराम्ररी प्रभावित हुने भन्दै केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो। 

null

नेपालको काठमाडौंसम्मको मौसममा यसको असर सुरु भइसकेको छ भने आँधीका डरले नवलपरासी, चितवनलगायतका तराईका जिल्लामा आज विद्यालय बन्द गराइएको छ । 

भारतको ओडिसामा पनि यसको प्रभाव देखिसकिएको छ । त्यहाँको सरकारले झण्डैँ ११ लाख मानिसहरुलाई भारतको ओडिसाबाट सुरक्षित स्थानमा पुर्यासकेको छ । यस फानीका कारण भारतमा बिहीबार रातिदेखि नै उडानहरु रद्द गरिएका छन् भने रेल सेवा समेत बन्द गरिएको छ । 

यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज र भोलि मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन र चट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने मौसमविद्ले जानकारी दिएका छन् । 

मौसमविद्का अनुसार एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ । साथै देशको पश्चिमी क्षेत्रमा आज पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपातको सम्भावना रहेको छ । 

आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *