वडाध्यक्ष लिलाराज तुम्बापोको निधन

चैत्र २१, पाँचथर । फिदिम नगरपालिका–५ का वडाध्यक्ष लिलाराज तुम्बापोको निधन भएको छ ।  

३० वर्षीय वडाध्यक्ष तुम्बापेको झापाको बीएण्डसी अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको हो । उनी केही समयदेखि ब्लड क्यान्सर थियो । उनलाई बिहीबार हेलिकप्टरबाट थप उपचारका लागि झापा लगिएको थियो ।  

वडाध्यक्ष तुम्वापोको निधन भएको दिन आजै उनकी श्रीमतीले दोस्रो सन्तानको रुपमा छोरी जन्माएकाे उनका आफ्न्त इन्दिरा तुम्बापोले जानकारी दिइन् । उनको पहिलो सन्तान पनि छोरी नै छिन् ।  

राष्ट्रिय संघ पाँचथरका सहसंयोजक समे त रहेका तुम्बापो फिदिम ५ चोकमागु गैरिगाँउमा जन्मिएका हुन् । तुम्बापो तत्कालिन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *