जम्बो टोलीसहित मन्त्रिपरिषद् विस्तार

काठमाडौं, साउन ११ ।  देउवा सरकारमा जम्बो टोलीसहित मन्त्रिपरिषद्को विस्तार गरिएको छ । देउवा सरकारमा तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय बनेको छ ।

नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिएको छ । आज बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका छन् । सरकारको प्रवक्तामा मोहनबहादुर बस्नेतलाई राखिएको छ ।

सभापति देउवा खेमाबाट वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव र मीन विश्वकर्मा छन् । बलायरले भौतिक पूर्वाधार, बस्नेतले सहकारी तथा गरीबी निवारण, यादवले खानेपानी र विश्वकर्माले वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै वरिष्ठ पौडेल खेमाबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम र राजन केसी मन्त्री भएका छन् । यादवले कृषि, थापाले कानुन, गौतमले सिचाई र केसीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *