विपक्षीको अवरोधपछि बुधबारसम्मका लागि संसद बैठक स्थगित

 

साउन १३, काठमाडौं । विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसले संसद अवरुद्ध पारेपछि बैठक स्थगित भएको छ । 

बैठक सुरु हुनासाथ बेल घेर्दै नाराबाजी सुरु गरेका राजपा र कांग्रेस सांसदले ४० मिनेटसम्म पनि अवरोध कायमै राखेपछि बैठक स्थगित भएको हो । 

null

पटक पटक बस्न अनुराेध गर्दा पनि उनीहरुले संसदीय संस्कार कायम गर, मानव अधिकारको रक्षा गर भन्दै नाराबाजी गरी अवरोध संसद चल्न नदिएपछि सभामुख कृष्णबहादुर महराले साउन १५ गते बुधबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन् ।  

दोहोरो भिडन्तमा मारिएको भनिएका पौडेलको हत्या घटनाको छानविन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेससहित विपक्षी दलहरुको माग छ । 

सर्लाहीको लालबन्दीमा पौडेल प्रहरी कारबाहीमा मारिएको गृहमन्त्रीले पटक पटक संसदमा जवाफ दिइसकेका छन् । दुईवटा मोटरसाइकलमा आएका विप्लवका चार नेताले प्रहरीमाथी गोली प्रहार गरेपछि प्रहरीले आफ्नो सुरक्षाका लागि गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले दाबी गर्दै आएको छ । 

विप्लव समूहले भने सर्लाहीको लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरेको जिकिर गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *