हामीले हाम्रै पुलिसलाई किन राम्रो देख्न‍ सकिरहेका छैनौँ ?

 

बैशाख ९, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी संगठनप्रतिको नकारात्मक धारणालाई शून्यमा झार्ने दाबी गरेका छन् । 

सोमबार संगठनको वार्षिक समीक्षा गर्न प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आईजीपी खनालले प्रहरी संगठनप्रतिको नकारात्मक धारणालाई न्यून मात्रै नभइ शून्यमा नै झार्ने दाबी गरेका हुन् । 

null

भेटघाट कार्यक्रममा उनले सबै घटनामा आफूलाई दोषारोपण गर्न खोजेको असन्तुष्टि पाेख्दै उनले सबै बिगारेको आईजीपीले हो ? भन्ने प्रश्न गरे । 

संयुक्त राष्ट्र संघसम्ममा नेपाल प्रहरीको प्रशंसा भइरहेका बेला नेपालभित्र भने आलोचित हुनु परेको गुनासो गर्दै आईजीपी खनालले भने, ‘अन्तर्राष्ट्रिय समुदायले नेपाल प्रहरीलाई निकै राम्रो भनिरहेका छन्। नेपाल प्रहरी निरन्तर रुपमा सम्मानित भइरहेको छ । हामी भने हाम्रै पुलिसलाई किन राम्रो देख्न सकिरहेका छैनौँ ।’ 

निर्मला हत्या प्रकरणमा केही कमजोरी भएको स्वीकार गर्दै उनले कमजोरी गर्नेलाई कारबाही गरिसकेको बताए । अहिले पनि काम भइरहेको भन्दै उनले परिणाम आउने दावी गरे । 

यस्तै बम्जन प्रकरणमा अनुसन्धान भइरहेको जानकारी दिँदै प्रमाण भेट एक्सनमा जाने उनले बताए । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सञ्चारकर्मीले आफुसँग केही मागेको र दिन सक्दिन भनेपछि गलत समाचार सम्प्रेषण गरेको पनि आरोप लगाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *