सव–इन्जिनियरकी विद्यार्थीः जसलाई छाेरी छिन् भन्ने थाहा छैन

असोज ११, विराटनगर । ‘घरमा बुढी आमा र बुढो भएको बुबा हुनुहुन्छ । आज सम्म मेरो कमाईको एक सरो गुन्यु आमाको लागि लगेको छैन । न बाको लागी दौरा सुरुवाल । फेरी पनि चाउरीएका अनुहारमा म घर जाँदा सधैं हाँसो देख्छु ।’ मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज के.सी. भन्छन् । उनको घर गोर्खा जिल्ला हो ।   

दशैं नजिकिँदै छ, चाडपर्वमा हरेक घरमा परदेशीएका सन्तानका लागि आमाबाका दुई आँखा मुलबाटो तिर तेर्सिएका हुन्छन् । उनका पनि बाआमा बाटो हेर्दा हुन् । तर, उनी यतिबेला मानव सेवा आश्रमको व्यवस्थापनमा व्यस्त छन् । उनलाई न दशैंको चिन्ता छ नत परिवारको प्रतिक्षाको । आश्रममा ४ जना आमाहरु छन् । भने ७ महिनाकी नानी । आश्रमका आमाहरु र नानीको रेखदेख गर्ने सुर्खेती पावर्ती तिवारी छिन् ।   

आश्रममा रहेकी अर्धचेत अवस्थाकी आमा र ७ महिनाकी नानीको स्याहारमा नै पावर्ती तिवारीले आफ्ना खुशीहरु समर्पण गरेकी छिन् । ५ जना आमाबुवालाई सेवा दिदै २०६९ बाट अनौपचारीक रुपले सुरु भएको मानव सेवा आश्रमले २०७३ मा औंपचारिक रुपमा संस्थाले वैधानिकता पाएको थियो । मानव सेवा आश्रमले हाल सात प्रदेशमै सेवा पु¥याउँदै आईरहेका छन् । २०८२ मिसनको मुल (२०८२ सम्ममा सडक मानव मुक्त क्षेत्र बनाउने) उद्देश्य लिएर सातै प्रदेशमा छरिएको संस्थाको जन्मदाता रामजी अधिकारी हुन् ।   

विराटनगरमा ७ महिनादेखि घर भाडाकोे घरमा सञ्चालित आश्रमले कुनै पनि वैदेशिक संस्थाहरुबाट सहायता लिएको छैन ।  आज सम्म जे जति हुँदैछ संस्थागत व्यक्तिगत आएको सहयोगले संस्था चलिरहेको केसीले बताए ।  कुनैपनि व्यक्ति सडकमा बस्न नपरोस्, परिवारको पुर्नमिलन सगैं अब यस्ता आश्रम बन्द हुनुपर्छ र प्रदेश १ का सम्पूर्ण जिल्ला मानव सडक मुक्त शहर हुनुपर्छ भन्ने मूल उद्देश्यले विराटनगरबाट यो संस्था सुरु गरेको उनको भनाई छ ।   

आश्रममा रहेका चार जना आमाहरु अर्धचेत अवस्थाका छन् । ति मध्ये भोजपुरकी शिव कुमारी राई जललाई सम्हाल्न गाह्रो रहेको संस्थाकी अभियन्ता पार्वती तिवारीले बताईन् । एक हप्ता पश्चात बल्ल तल्ल नाम मात्र भन्न सक्ने भएकी उनले बताईन् ।   

शिव कुमारी राई जसलाई छाेरी छिन् भन्ने थाहा छैन  

भोजपुर जिल्लाको आमतेककी शिव कुमारी राई लामो समयदेखि मानसिक रोगबाट ग्रसित थिईन् । उनको परिवारमा आमा बुवा कोहि नरहेको र एक जना दाई भएपनि अपाङ्ग र मानसिक सन्तुलन गुमाएको संस्थाका संयोजक केसीले बताइन् । धनकुटामा सामुहिक बलात्कारमा परेकी शिव कुमारी अर्धचेत अवस्थामा छिन् । उनलाई नाम मात्र थाहा छ । उनको ७ महिनाकी छोरी छिन् तर छोरी आफ्नो हो भन्नेमा अनविज्ञ छिन् ।   

धनकुटाको सामुहिक बलात्कारबाट जन्मेकी छोरी सहित मानव सेवा आश्रमको टिमले गत हप्ता उनलाई भोजपुरबाट उद्दार गरेका थिए । उनी सव–इन्जिनियरकी विद्यार्थी रहेको उनका छिमेकीले जानकारी दिएको केसीले बताए ।  

शिवकुमारीलाई लेख्न रुची रहेको छ । एउटा सानो डायरीमा अक्षर राम्रो नै थियो, पक्कै आफुले भोगेका भोगाई अक्षर मार्फत पोख्न खोज्दै थिईन् । हाम्रो समाज अझै खुल्ला हुनन सकिरहेको छैन । अर्धचेत अवस्थामा रहेकी महिलाले खुलेर जिउन नसक्ने अवस्था छ । हजारौं शिव कुमारी होलान देशभरीका सडकमा मानसिक, शारिरीक, यौन हिंसाले विक्षिप्त बनेका । आजसम्म सडक मानवको हित र रक्षाका लागि व्यक्तिगत, संस्थागत तहबाट योगदान पुर्याउँदै आइरहेका संस्थाहरुलाई प्रदेश सरकार साथै नेपाल सरकारको पनि ध्यानाकर्षण हुन जरुरी छ । 

आश्रमलाई विराटनगर महानगरपालिकाको आर्थिक सहयोग   

मानव सेवा आश्रमलाई विराटनगर महानगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । असहाय, अभिभावक विहिन भएका सडक मानवका लागि स्वास्थ्य परीक्षण साथै आश्रमको भवनका लागि विराटनगर महानगरपालिकाले १० लाख रुपैया प्रदान गर्ने महानगरपालिकाका प्रशासकीय प्रमुख एकदेव अधिकारीले बताए । राज्यबाट गर्नुपर्ने काम युवाहरुले गर्दै आएको र यो कार्य प्रशंसनीय रहेको उनको भनाई छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *