विद्यालयको गेट बनाउन कामना बैंकको सहयोग

चितवन, १७ साउन ।  राप्ती नगरपालिका ८ खुरखुरे स्थित कामना सेवा विकास बैंकले एक विद्यालयमा गेट निर्माणका लागि आर्थिक सहयोग गरेको छ । खैरहनी १० मा रहेको राष्ट्रिय आधारभूत विद्यालय शान्तिवजारको मुल गेट निर्माणका लागि १० हजार रुपैया सहयोग गरेको हो । 

खुरखुरेमा बैंक स्थापनाको आठौ वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई गेट बनाउन आर्थिक सहयोग गरिएको बैंककी म्यानेजर विन्दु सिंजाली मगरले जानकारी दिईन् ।बैंककी म्यानेजर सिंजालीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम सापकोटा, प्रधानाध्यापक बाबुराम श्रेष्ठलाई १० हजारको चेक हस्तान्तरण गरेका थिए । कामना सेवा विकास बैंकले राप्ती नगरपालिकासँग सहकार्य गरेर नगरको पहाडी वडाहरुमा घरदैलोमै पुगि सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *