इपिएल क्रिकेटको उपाधिका लागि भैरहवा र ललितपुर भिड्दै

काठमाडौं । राजधानीमा जारी तेस्रो संकरणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटको फाइनल खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने फाइनलमा दुई फ्रेन्चाईज क्लब – भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्स भिड्दै छन् । 

दुई टोलीबीचको खेल १२:३० मा सुरु हुनेछ । साबिकको उपविजेता समेत रहेको भैरहवा नेपाली राष्ट्रिय टोलीका सदस्य शरद भेषावकरको कप्तानीमा र ललितपुर नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा छ । 

संयोग, दुवै टोलीले क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई हराएर उपाधि नजिक पुगेका हुन् । त्यसैले दुवै टोली फाइनलका लागि प्रतिस्पर्धा गर्दा पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् । 

null

यस संस्करणको लिग चरणमा तेस्रो स्थानमा रहदै भैरहवाले प्ले अफमा स्थान बनाएको थियो । त्यसपछि इलिमिनेटरमा भैरहवाले चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।क्वालिफायरमा भैरहवाले काठमाडौंलाई स्तब्ध बनाएको थियो । 

यता, ललितपुर भने लिग चरणमा शीर्ष स्थानमा रहदै सिधै पहिलो क्वालिफायरमा पुगेको थियो । र, ललितपुरले काठमाडौंलाई १ विकेटले हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो । ललितपुरले लिग चरणमा भैरहवालाई ६ विकेटले हराएको थियो । 

भैरहवा भने ललितपुरविरुद्ध लिग चरणमा व्यहोरेको हारको बदला लिने दाउमा हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *