विदेश पठाइदिन्छु भन्दै शिष्यलाई ठग्ने शिवानन्द स्वामी पक्राउ

पुष २८, काठमाडौं । शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । शिष्यलाई ठगी गरेको आरोपमा उनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार पक्राउ गरेको हो । 

महाशाखाका अनुसार शिष्यलाई विदेश पठाइदिन्छु भनेर आश्वसन देखाएर रकम उठाएको र विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उनीविरुद्ध उजुरी दिएका छन् । 

भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् । उनको टौदहमा पनि आश्रम रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *