कामना सेवा विकास बैंकको नयाँ शाखा बिस्तार

मंसिर २८, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा बिस्तारको क्रममा काठमाडौँ महानगरपालिकाको खिचापोखरी न्युरोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । आज सो बैंकले ६१ औं शाखाको स्थापना गरि कारोबार शुभारम्भ गरेको हो । 

 

बैंकका अध्यक्ष संदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । शुभारम्भ समारोहमा का.मु. प्रमुख कार्यकारी अधिकृतले बैंकले बिभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारीक केन्द्रहरुमा समेत शाखा सञ्जाल बिस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताए । काठमाडौँ ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका बिभिन्न भागहरुमा ६१ वटा शाखा तथा १७ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पुर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफनो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको सो बैंकले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *