शक्ति सन्तुलनका बेला पनि ऐन परिवर्तन हुन्छ : सभामुख भण्डारी

धरान, भाद्र १४ । शक्ति सन्तुलनका बेला पनि नेपालमा ऐन कानुनहरु परिवर्तन हुने गरेको धरान क्षेत्र नम्बर १ का सभामुख प्रदिपकुमार भण्डारीले बताएका छन् ।

आज यहाँ उद्योग वाणिज्य संघको ५५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै सभामुख भण्डारीले सो भनाई राखेका हुन् ।

उनले भने, ‘सीमित दायरामा पनि विकासका क्षेत्रमा ऐन कानूनले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।’ उनले अप्ठेरो कानूनलाई सच्याएर जाने प्रतिवद्वता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा धरानकी सभासद उमीता बराइलीले उद्योग धन्दालाई विकास गर्दै लैजानु सरकारको दायित्व रहेको बताइन् । उनले प्रदेश नम्बर १ का सरकारले सदनमा बनद उद्योग धन्दादेखि सरकारी स्वामित्वका संरचनाहरुमा विधेयक ल्याउनुपर्ने धारणा व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *