राष्ट्रपति बिध्यादेवी र नेकपा अध्यक्ष दाहाल बीच भेटवार्ता

भदौ ८, राष्ट्रपति बिध्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा दुई जनाबीच भेटवार्ता भएको हो । 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेको अवस्थामा राष्ट्रपति भण्डारीले प्रचण्डलाई भेटका लागि बोलाएकी हुन् ।पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत भूमिका खेलेकी राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच समसामायिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *