राजधानीमा शृंखलाबद्ध बम विस्फोटः ९८ जना पक्राउ

 

जेठ १३, काठमाडौं । आइतबार राजधानीमा भएको शृंखलाबद्ध बम विस्फोटमा संलग्न भएको आशंकामा ९८ जनालाई पक्राउ गरेको छ । 

आइतबार काठमाडौंको घट्टेकुलो र सुकेधारा लगायत अन्य स्थानमा भएको शृंखलाबद्ध विस्फोटमा संलग्न भएको आशंका प्रहरीले ९८ जनालाई पक्राउ गरेको हो । कोटेश्वरबाट मात्रै प्रहरीले प्रेसरकुकर बम सहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरिएको छैन । 

null

आइतबार दिउँसो घट्टेकुलोस्थित लोकमञ्जरी कार्कीको घरमा बम विस्फोट हुँदा विप्लव कार्यकर्ता एक जनाको मृत्यु भएको थियो भने अर्का एक नेता रविन केसी घाइते भएका थिए । घाइते केसी विप्लव नेतृत्वको त्रिचन्द्र इकाई अध्यक्ष हुन् । 

त्यसैगरी आइतबार दिउँसो नै सुकेधारामा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । 

आइतबार घट्टेकुलो र सुकेधारामा भएको विस्फोटमा विप्लव समूहका कार्यकर्ताले टाइम मिलाउन नजान्दा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको हो । 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उनीहरुमाथि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *