इंग्लिस क्लब आर्सनलको कठिन जित

काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा लगातार तेस्रो जित हात पारेको छ । 

युरोपा लिगको समूह ए मा रहेको आर्सनलले बिहीबार राति पोर्चुगलको स्पोर्टिङ लिस्बोनलाई १–० गोलले पराजित गरेको हो । आर्सनलको कठिन जितमा वेलवेकले गोल गरेका थिए । 

 

null

गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफमा दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । खेलको ७७औं मिनेटमा आर्सनलका लागि वेलवेकले गोल गरे । उनको गोलसँगै आर्सनलले स्पोर्टिङमाथि जित दर्ता गर्न सफल भयो । 

 

जितसँगै आर्सनलको ३ खेलबाट ९ अंक भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको स्पोर्टिङ ६ अंक रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *