सल्टिएन नेकपाको ‘स्कुल’ विवाद, दुई सातासम्मका लागि सचिवालय बैठक स्थगित

 

साउन १३, काठमाडौं । सत्तारुढ नेकपाको आज बसेको सचिवालयको बैठक पनि विना निष्कर्ष टुंगिएको छ । 

स्कुल विभागमा भागबन्डा नमिल्दा आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि स्कुल विभाग प्रमुखको विवाद सल्ट्याउन सकेन । 

null

बैठकले इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी नपाएका सबै केन्द्रीय सदस्यहरुसँग परामर्श गरेर मात्रै विभागीय प्रमुखको टुंगो लगाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

सबैसँग रुचिका प्राथमिकताका बारेमा सल्लाह गर्ने र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउने गरी बैठक स्थगित भएको स्पष्ट पार्दै प्रवक्ता श्रेष्ठले अब अर्को बैठक साउन २८ गते दिउँसो ३ बजे बस्ने जानकारी दिए । 

नेकपाभित्र स्कुल विभागको प्रमुख को हुने, को राख्ने भन्ने विषयमा विवाद चुलिएकाे छ । पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेल र पूर्व माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठले दाबेदारी गरिरहेका छन् । त्यस्तै, स्थायी समितिबाट घनश्याम भुसाल र वेदुराम भुसालले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । 

स्कुल विभागमा सचिवालय सदस्यका दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । 

स्कुल विभागको नेतृत्वलाई लिएर तत्कालीन एमाले तर्फका ओली पक्ष र तत्कालीन माओवादी पक्षका बीचमा आआफ्नो समूहका नेतालाई नेतृत्व दिलाउन रस्साकस्सी चलेपछि पर्याप्त छलफल नपुगेको भन्दै बैठक स्थगित हुँदै आएको थियो । हिजो ९आइतबार० को बैठक पनि स्थगित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *