छोरी साेनम समलिंगी भएपछि अनिल कपुरलाई तनाव
पुस १६, मुम्बइ। बलिउड अभिनेत्री सोनम कपुर समलिंगी भएपछि सोनमका पिता अनिल कपुरलाई तनाव बढेको छ, यो एउटा रियल लाईफ नभई रिल लाईफको कथा हो । हालसालै सोनम कपुरद्धारा अभिनित फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’को ट्रेलर सार्वजनिक भएको छ ।
२ मिनेट ३४ सेकेण्डको ट्रेलरमा फिल्मको कहानीलाई निकै रोचक तरिकाले देखाईएको छ । शैलु चोपडाको निर्देशन गरेको यस फिल्ममा सोनम कपुरले एउटा महिला समलिंगी (लेस्बियन) भूमिका निर्वाह गरेकी छिन् । यस फिल्मको निर्माण विधु विनोद चोपडा र राजकुमार हिरानीले गरेका छन् भने उक्त फिल्ममा मुख्य भूमिका सोनम कपुर, अनिल कपुर, राजकुमार राव, जुही चावलाको रहेको छ ।
null
वास्तिवक जिवनमा जस्तै यस फिल्ममा पनि सोनम कपुर अनिल कपुरको छोरीको रुपमा देखा परेकी छिन् । सोनम र अनिल बाबु र छोरी भएर खेलेको यो पहिलो फिल्म हो
फिल्म एउटा पंजाबी परिवारको कथामा देखाईएको छ, अनिल कपुरले छोरी सोनम कपुरको विवाह चाँडो भन्दा चाँडो गर्न चाहन्छन् केहि खास कारणले गर्दा उनको विवाह हुन सकिरहेको हुँदैन । यही कारणको वरिपरि फिल्मको कहानी घुमेको छ ।
ट्रेलर हेर्दा लाग्छ फिल्म निकै राम्रो बनेको छ । यद्यपि फिल्मको सबैभन्दा ठूलो ट्वीस्ट फिल्म प्रदर्शन भएपछी थाहा हुनेछ । उक्त फिल्म फेब्रुअरी १ मा प्रदर्शनमा आउने बताईएको छ ।
हेर्नुहोस् ट्रेलर
https://youtu.be/pKcamCgBvMo