१२ वर्षपछि बहिनीको हत्या गर्ने दाजु पक्राउ

माघ ६, भैरहवा । १२ वर्षअघि सुस्त मनस्थितिकी १० वर्षीया बहिनीको हत्या गरी फरार दाजु पक्राउ परेका छन् ।  रुपन्देही मर्चवारी गाउँपालिका ६ ठोर्कीकी रेखा बेलदारको हत्या गरी फरार रहेका दाजुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।   

ठर्की (साविकको बगौली गाविस १) का ५५ वर्षीया रामपत बेलदारको ६ जना छोरा छोरी थिए । जसमध्ये छोरी रेखा सुस्त मनस्थितिकी थिइन् ।   

नाबालिका रेखा सुस्त मनस्थितिकी भएकाले बुवा रामपत र दाजु रामभवन बेलदार उनीसँग झन्झट मान्ने गरेका थिए । सोही अनुसार बुवा र दाजुले हत्याको योजना बनाएर रेखाको टाउकोमा कोदालोले हानेर हत्या गरेको अनुसन्धानमा पाइएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए । 

null

हत्यापश्चात रेखाको खोजतलास सुरु भएपछि ५ दिनपछि उनको शव नेपाल भारतको सीमानामा रहेको डण्डा नदी किनारमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । आफ्नै परिवार सदस्यको निर्ममतापूर्वक हत्या गरेको भन्दै सोही समयमा स्थानीय तेजप्रसाद सिंहले कर्तव्य ज्यान मुद्दामा प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका थिए । घटनालगत्तै अभियुक्त बुवा र दाजु फरार भएर भारतमा लुकिछिपी बस्दै आएका थिए । 

पक्राउ परेका ३७ वर्षीय दाजु राभवनले भारतमा बस्ने क्रममा फरार ५५ वर्षीय बुवाको मृत्यु भइसकेको प्रारम्भिक बयान दिएका छन् । फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा इप्रका मर्चवारबाट प्रहरी हवल्दार कृष्णसिंह वलीको कमाण्डमा खटेको टोली गोप्य सूचनाको आधारमा मर्चवारी गाउँपालिका ६ दुईमुहानघाटबाट दाजु रामभवनलाई पक्राउ गरेको हो ।   

पक्राउ परेका रामभवनलाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *