विराटनगरमा विविध कार्यक्रम गरि योग दिवस मनाइयो
असार ६, विराटनगर । अन्तर्राष्ट्रिय योग दिवस विराटनगरमा विविध कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा मोरङमा क्रियाशिल पतञ्जलि योग समितिका विभिन्न तहगत समितिहरुले एकत्रित कार्यक्रम आयोजना गरेका छन् ।
पतञ्जली योग समिति मोरङ, महिला पतञ्जली योग समिति मोरङ पतञ्जली योग महानगर समिति र योग परिवार विराटनगरले स्थानिय परोपकार अभियान सामुदायिक भवनमा सामुहिक कार्यक्रम आयोजना गरेका हुन ।
null
कार्यक्रम सहभागी योगसाधक सहित सर्वसाधारणलाई योग प्रशिक्षण दिइएको थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले रोग निवारण र स्वस्थ्य जीवनकालागि योग अपरिहार्य रहेको बताए ।
योग प्रशिक्षण र दिवस बिशेष कार्यक्रम लगत्तै प्रभात फेरीको आयोजना गरिएको थियो । परोपकार सामुदायिक भवनबाट निकालिएको प्रभातफेरीले योगको सन्देश फैल्याउदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा समेत गरेको थियो ।