‘शैक्षिक परामर्श ब्यवसायलाई संघ मातहत राख्नुपर्छ’ अध्यक्ष पाण्डे

३ जेठ, मकवानपुर । शैक्षिक परामर्श क्षेत्र विद्यार्थीको करियर सुनिश्चित गर्ने र अन्तराष्ट्रिय सम्बन्ध स्थापित गर्ने क्षेत्र भएकोले संघ सरकारले हेर्नुपर्ने नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष विष्णुहरि पाण्डेले बताएका छन् । आज हेटौंडामा राइटपाथ करियर काउन्सेलिङ्गको तेश्रो शाखा उद्घाटन गर्दै अध्यक्ष पाण्डेले शैक्षिक परामर्श ब्यवसायीलाई संघ सरकारकै मातहतमा राखिनुपर्ने बताएका हुन् । 

‘शैक्षिक परामर्श क्षेत्रले विभिन्न अन्तराष्ट्रिय कलेज तथा विश्वविद्यालय र नियोगसँग समेत प्रत्यक्ष संवाद र सहकार्य गर्नुपर्ने भएकोले प्रदेश सरकार मातहत राख्दा कतिपय जटिलता उत्पन्न हुन्छ ।’ उनले भने–‘त्यसकारण यो क्षेत्रलाई प्रदेश सरकार मातहतमा राखिनुहुन्न ।’ 

  

null

अध्यक्ष पाण्डेले प्रदेश ३ ले शैक्षिक परामर्श ब्यवसायलाई १ लाख धरौटी राख्नुपर्ने प्रावधान ल्याएको बताउँदै सो लागू नगर्न भने । ‘धरौटीका विषयमा संघ सरकारसँग समन्वय र परामर्श भइरहेको तथा शैक्षिक परामर्श ब्यवसायको नयाँ निर्देशिका आउने तयारी भइरहँदा प्रदेश सरकारले पुनः १ लाख धरौटी ल्याउन खोजेको छ । यसले हामी ब्यवसायीलाई ब्यवसाय गर्न सहजता हुँदैन ।’ पाण्डेले भने । 

कार्यक्रममा राईट पाथ करियर काउन्सेलिङका बारेमा बोल्दै अध्यक्ष पाण्डेले २ वर्ष यता राइटपाथले उच्च शिक्षा सँगै सुरक्षित करियरको खोजीमा विदेश गइरहेका विद्यार्थीलाई सहि काउन्सेलिङ दिइरहेको बताए । उनले शैक्षिक संस्था नेपाल सरकारबाट मान्यता प्राप्त भई सञ्चालनमा आएकोले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सहि काउन्सेलिङ दिन सक्षम रहेको जिकिर गरे । 

कार्यक्रममा बोल्दै राइटपाथका संस्थापक प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले आफुहरुले विद्यार्थीको शैक्षिक आर्थिक र मानसिक अवस्था हेरेर मात्र करियर काउन्सेलिङ गर्ने गरेको बताए । उनले सन् २०१६ यता राइटपाथबाट उच्च शिक्षाका लागि विदेश गएका विद्यार्थीले विश्वका उत्कृष्ठ शिक्षा प्रणाली भएका देशमा गएर शिक्षा हासिल गर्दै आफ्नो करियर सुरक्षित समेत गरेको स्मरण गरे । ‘हामीले ब्यवसायीक मर्यादामा रहेर विद्यार्थीलाई करियर काउन्सेलिङ गर्दछौं । विद्यार्थीलाई विदेश पठाउनु ठूलो कुरा हैन उनीहरुको भविष्य सुरक्षित र उज्वल गराउनु ठूलो कुरा हो, हामी त्यहि कुरामा फोकस भएका छौं ।’ उनले भने । 

 

डिसीले राईट पाथको सहि काउन्सेलिङ देश ब्यापी बनाउन शाखा विस्तार गर्दै हेटौंडा आएको र हेटौंडा र सो क्षेत्रका विद्यार्थीलाई आफ्नै घरआँगनमा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताबाट सेवा प्रदान गर्ने विस्वास ब्यक्त गरे । राइटपाथले अष्ट्रेलिया, क्यानडा, अमेरिका, जापान, युके र युरोपका उत्कृष्ट विश्वविद्यालय र कलेजका लागि काम गर्दै आइरहेको छ । भने आईईएलटीएस, टोफेल जस्ता अन्तराष्ट्रिय भाषा कक्षा समेत सञ्चालन गर्दै आइरहेको छ । 

उद्घाटन कार्यक्रममा राईट पाथ चितवन शाखाका प्रबन्ध निर्देशक सुरज पौडेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल, लायन्स क्लब इन्टरनेशनल ३२५बी२ नेपालका सेकेण्ड भाईस गर्भनर एमजेएफ लायनका शम्भु नकर्मी, मकवानपुर ट्रेड युनियनका अध्यक्ष विष्णु अर्याल, सोलीडारेटी ईन्टरनेशनल एकेडेमीका निर्देशक निमा डोल्मा, हेटौंडा लेडिज जेसीसका अध्यक्ष शुष्मा बर्तौला, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *