दिपेन्द्रले दिलाए नेपाललाई पाँचौ सफलता

“काठमाडौँ, भदाै १६ । एसिया कप क्रिकेटको छनौट खेलमा नेपालविरुद्ध आक्रमक सुरुवात गरेको मलेसियाको ब्याटिङ धरमरमा परेको छ ।

२४ ओभरको खेल सकिँदा १३२ रन बनाएको मलेसियाले ५ विकेट गुमाएको छ । नेपाललाई पाँचौ सफलता दिपेन्द्र सिंह ऐरीले दिलाए ।

यसअघि बसन्त रेग्मीले २ तथा सोमपाल कामी र सागर पुनले १÷१ विकेट लिएका छन् । नेपालले आयोजक मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । वर्षाका कारण प्रभावित भएको खेल ३० ओभरमा छोट्याइएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *