सलाहलाई ‘प्लेयर अफ दि मन्थ’ अवार्ड
मकालु खबर
२०७५ माघ २२ गते
एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाहले ‘पीएएफ प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका छन् । जनवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै सलाह ‘प्लेयर अफ दि मन्थ’ घोषित भएका हुन् ।
इजिप्टका सलाहले जनवरीको ४ खेलमा ३ गोल गर्दै प्रोफेसनल फुटबलर्स एसोसियसनले हरेक महिना प्रदान गर्ने यस अवार्ड जितेका हुन् । २६ बर्षे सलाह डिसेम्बर महिनामा समेत प्लेयर अफ दि मन्थ बनेका थिए ।
प्रिमियर लिगमा यस सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका सलाहले १६ गोल गरिसकेका छन् ।
null
सलाहको उत्कृष्ट प्रदर्शनले लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ ।
मकालु खबर
२०७५ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित