पुर्वराजा ज्ञानेन्द्रकी छोरीले दाइजो फिर्ता माग्दै रिट हालिन्

काठमाडौँ– पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफूले दाइजो पाएको सम्पत्ति नेपाल ट्रस्टका नाममा दर्ता गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै सर्वोच्चमै रिट दायर गरेकी छन् । 

उनले शुक्रबार वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता गराएकी हुन् । दुई वर्षअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपक कार्की र सपना प्रधान मल्लको इजलासले प्रेरणालाई दाइजो दिइएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको भएको फैसला गरेको थियो ।  

तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणाको विवाहमा आवाससहितको जग्गा दाइजो दिएका थिए जुन पूर्वराजा वीरेन्द्रको नाममा थियो । गणतन्त्र स्थापनापछि सरकारले वीरेन्द्र र उनको परिवारका नामको सम्पूर्ण घरजग्गा र सम्पत्ति ट्रस्टमा ल्याउने निर्णय गरेको थियो । 

null

तत्कालीन न्यायाधीश रामकुमार शाह र चोलेन्द्रशमशेर राणाको इजलासले दाइजो पाएकाले यो घरजग्गा प्रेरणाकै नाममा दर्ता गर्न सरकारका नाममा आदेश दिएको थियो । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कार्कीसहितको तीन सदस्यीय इजलासले उक्त निर्णय उल्ट्याइदिएको हो । 

प्रेरणाले शुक्रबार दायर गरेको रिटमा उक्तफैसलाले आफू अन्यायमा परेको उल्लेख गर्दै पुनरावलोकनको माग गरेकी छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *