यस वर्ष चैते दशैंमा सामूहिक पूजा अर्चना नहुने

चैत १३, बागलुङ । गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा रहेको खडग कालिका कोत मन्दिरमा यस वर्ष चैते दशैंमा सामुहिक पुजा अर्चना नहुने भएको छ ।   

विश्व व्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गर्दै पूजा स्थगित गरिएको खडग कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिए ।   

मन्दिरमा परापुर्वकाल देखि नै नियमित रुपमा बडा दशैं र चैते दशैंमा महाकाली, महालक्ष्मी, महासरस्वती, जगदम्बा भगवतीको पाठ पारायण सहित पशु बलि दिदै आईएको थियो ।   

IMG_3366.jpeg

तर यस वर्ष कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले भिडभाड नगर्न निर्देशन गरे बमोजिम सामुहिक पूजा अर्चना र पशु बलि दिने काम स्थगित गरिएको खडग कालिका मन्दिर व्यवस्थापन समितिका सचिव तथा पण्डित रामचन्द्र गौतमले जानकारी दिए ।   

खडग कालिका कोत मन्दिरमा खडग कालीका भगवती, खडग कालीका माईको पूजा अर्चना हुँदै आएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *