राष्ट्र बैंकको गेटमा कानुनमन्त्री धर्ना बसेपछि…….

काठमाडौँ, भदौ १७ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव जनकपुरस्थित राष्ट्र बैँकको गेट अगाडी धर्नामा बसेका छन्  ।

प्रदेश २ सरकारले दिएको बिदाको अवज्ञा गरेको भन्दै प्रदेश २ का कानुनमन्त्री यादव राष्ट्र बैंक अगाडि धर्नामा बसेका हुन् ।

कृष्णाष्टमीको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको थियो । तर बैंकले दिएको सार्वजनिक बिदाको अवज्ञा गरेपछि मन्त्री स्वयम् धर्नामा बसेका छन्  । मन्त्रीसहितको टोली कार्यालयको मुलगेटमा धर्ना बसेका हुन् ।

यसअघि, भदौ १० गते जनैपुर्णिमा तथा रक्षाबन्धनको दिनमा पनि राष्ट्र बैंककले बिदा अवज्ञा गरेको भन्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले तालाबन्दी गरिदिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *