दुबै मृगौला खराव भएका युवाले गरे सहयोगको याचना

बिराटनगर, साउन ११ । दुवै मृगौला फेल भएका एक युवाले आर्थिक अभावले गर्दा  प्रत्यारोपण गर्न नसकेको भन्दै सहयोगको याचना गरेका छन् । मोरंग पथरी शनिश्चरे ३ का ३३ बर्षिय योगन्द्र लावतीको दुबै मृगौला फेल भएपछि अर्थिक अभावले गर्दा प्रत्यारोपण गर्न नसकेको भन्दै सहयोगको याचना गरेका हुन । लामो समय साउदी अबरमा बसेर घर फर्केका लावतीको दुबै मृगौला फेल भएपछि हप्तामा तीन दिन डायलोसिस गराएर आफ्ना पति योगेन्द्रको  जीवन बाँचिहरको श्रीमती पुर्णशिला लावतीले बताइन । उनका अनुसार मृगौला  प्रत्यारोपण गर्न सके उनी स्वस्थ्य हुन सक्छन् । प्रत्यारोपणकालागि ससुरा राजशमशेर आफनो मृगौला दिन तैयार भएपनि  आर्थिक अभावले गर्दा प्रत्यारोपणकाागि योगेन्द्र अस्पताल भर्ना हुन सकेका छैनन ।
नेपाल सरकारले मृगौला प्रत्यारोपणकालागि कानुन निर्माण गरेर उपचारमा केही सहुलियत दिने व्यवस्था पनि गरेको छ । तर, प्रत्यारोपणकालागि काठमाडौ नै  जानुपर्ने र औषधी र परिक्षणकालागि लाखौ रुपैयाँ खर्च हुने भएपनि आर्थिक अभावले संभव नभएको सहयोगी कृष्ण निरौलाले  बताए । नेपालमा त्रिबि शिक्षण अस्पतालमा , मानव  अंग प्रत्यारोपण केन्द्र र बीर अस्पतालमा मृगौला प्रत्यारोपण हुदै आएको छ ।
सरकारले मृगौला रोगीहरुकालागि डायलिसस निशुल्क गराएपछि औषधी भने बिरामीले आफैले खरिद गरेर खानुपर्छ । २ छोराछोरीका बाबु रहेका योगेन्द्रले बिदेशबाट कमाएर ल्याएको पैसा परिवार पाल्दै सकिएको र जग्गा जमिन केही नभएकोे प्रत्यारोपणका लागि खर्च जुटाउन नसकेको बताए । उनले  उपचारका लागि प्रभु बैकको ०८६१०७००९१५९२७०००००१ नम्बरको बचत खातामा वा मोवाइल नम्बर ९८१७३०९११४ मा सम्पर्क गरेर सहयोग गरिदिन सरकार र दाताहरुसँग  आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *