कोठाबाट नगद सहित सुनका गहना चोरी
मकालु खबर
२०७६ भदौ ८ गते
भदौ ८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै डेरा गरी बस्ने ४५ वर्षीया गंगा गिरीको कोठामा चोरी भएको छ ।शनिबार साँझ सुनका विभिन्न गहना र नगद ४ हजार रुपैयाँ समेत गरी करिब २ लाख ८४ हजार बराबरको सम्पत्ती चोरी भएको छ ।
साथै काठमाडौं–९ सिनामंगलमा डेरा गरी बस्ने सुन्दरीजल घर भएकी ४९ वर्षीया चन्दा तामाङको कोठाबाट पनि चोरी भएको प्रहरीले जनाएको छ । शनिबार साँझ सुनका विभिन्न गहना र नगद ५० हजार रुपैयाँ समेत गरी करिब २ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित