दाङमा सर्पको टोकाइबाट एकको मृत्यु

भदौ १९, दाङ । सर्पको टोकाईबाट दाङमा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिीका वडा नम्बर १ सिमलताराका खिमबहादुर वलीकी ७ वर्षीया छोरी गोमा वलीको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

बुधबार राति करिब ९ बजेतिर घरमै सर्पले टोकेर घाइते भएपछि उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि उनको उपचारका क्रममा राति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए ।   

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *