बंगलादेशी व्यापारीको काठमाडौंमा हत्या
मकालु खबर
२०७६ माघ १५ गते
माघ १५, काठमाडौं । काठमाडौंमा बंगलादेशी ब्यापारिको हत्या भएको छ । सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको हो ।
एक साता अघि हत्या गरिएका अहमदको टाउकोमा चोट लागेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
उनी ट्राभल एजेन्सी सञ्चालक भएको र क्यासिनोका नियमित ग्राहक भएको बताइएको छ । उनीसँगै होटलमा बसेका एक जना फरार छन् ।
null
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
मकालु खबर
२०७६ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित