मुर्तीकला पेशामा सुवासको संघर्ष

 

जेठ १५, मोरङ । मोरङ मिक्लाजुङ —४ जरुवाका सुवास विश्कर्मा १५ बर्षदेखी मुर्तीकला पेशामा क्रियाशिल छन् । यहि पेशालाई नै जिविकोपार्जनको माध्यम बनाएका सुवास निकै सुन्दर र कलात्मक मुर्तिहरु बनाउछन् । जुन मुर्ती देखेर सर्वसाधारण दंग पर्ने गरेका छन् । 

आफ्नो अघि कुनै देवी देवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मुर्ती बनाउने पुस्कलको कलाले सबैलाई मोहित पारेको छ । सानैदेखि चित्रकला र मुर्तिकलामा निकै रुची भएका सुवास अहिले जिल्लामा अब्बल मुर्तिकारको रुपमा परिचित हुँदै गएका छन् । 

null

 

उनले बनाउने मुर्ती र उनले मुर्ती बनाएको हेर्नेको पनि घुइँचो लाग्ने गरेको छ । विभिन्न देवी देवताहरु, भगवान, सहिदहरु र जनावरहरुको दुरुस्तै आकर्षक आकृति झल्किने मुर्ती वनाउने क्षमता भएका ३९ वर्षिय विश्कर्माले यहि पेशाबाट सामान्य गुजारा चलिरहेको बताए । हाल सम्म ३ सय भन्दा बढि मुर्ती उनले बनाईसकेका छन् । उनले विभिन्न मन्दिरहरुका लागि दर्जन बढी मुर्तिहरु निर्माण गरिसकेका छन् । 

अहिले विश्कर्मालाइ मुर्ती बनाउन भ्याइ नभ्याइ छ । पूर्वाञ्चल भरिबाट मुर्ति बनाउन अर्डर आउने उनले बताए । एउटा मुर्ति बनाएको १५ हजारदेखि ३० हजारसम्म पाउने गरेको बताए । मुर्तिकार मञ्जुल मितेरीको प्रेरणाबाट यस क्षेत्रमा हात हालेको बताउने उनी पित्तल, तामा, जस्ता लगायतबाट बनाइने परम्परागत मूर्तिकला मात्रै होइन ढुङ्गामा कुदेर पनि राम्रा मुर्ति तयार पार्छन् । 

 

यो पेसाबाट नाम र दाम दुवै मिल्ने गरेको सुवासले बताए । मूर्तिका काम गर्दै गर्दा भेटिएका उनले भने,‘ सिप र मेहनत अनुसारको आम्दानी हुन्छ । कुनै राम्रो अवसर पाए सुवासले चमत्कारिक कला देखाउन सक्ने सम्भावना रहेको स्थानीयको भनाई छ । 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *