एन आइ सी एशिया बैंक र सन नेपाल लाइफविच बैंकास्योरेन्स सम्झौता

पुस १२, काठमाडौं । एन आई सी एशिया बैंक र सन नेपाल लाइफ इन्सुरेन्स विच बैंकास्योरेन्स सम्झौता भएको छ । आज एन आइ सी एशिया बैंकले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको हो । 

यस सम्झौता अनुसार अब एन आइ सी एशिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । 

 

null

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरेका छन् । 

एन आइ सी एशिया बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकका नायब प्रमुख सुचना अधिकारी अर्जुन राज खनियाले जनाएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *