वाइडबडी जहाज खरिद प्रकरणबारे लेखा समितिमा आज छलफल

काठमाडौं । सार्वजनिक लेखा समिति बैठकमा वाइडबडी जहाज खरिद प्रकरणबारे उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुँदैछ। बिहान ११ बजे बस्ने बैठकमा उप–समितिका संयोजक राजेन्द्र केसीले तयार पारेर समितिमा बुझाएको प्रतिवेदनमाथि छलफल हुन लागेको समिति सचिवालयले जनाएको छ । 

उपसमितिले वाइडबडी जहाज खरिद प्रकरणबारे विभिन्न विषयवस्तु समेटेर ५२ पृष्ठको प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनमा पछिल्लो तीन सरकारको पालामा रहेका पूर्वमन्त्रीद्वय र वर्तमान संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलाई समेत कारबाही सिफारिस गरिएको छ। 

वाइडवडी जहाज खरिदमा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको संसदीय समितिको निष्कर्ष छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज खरिद प्रकरण सम्बन्धमा छानबिन गरेर प्रतिवेदन तयार पार्न भन्दै लेखा समितिले उपसमिति गठन गरेको थियो।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *