पत्रकार महासंघले सम्पन्न गरेको फुटवल खेलमा ईलोक्टोनिक मिडिया बिजेता

पुस १८, धरान । नेपाल पत्रकार महासंघ सुनसरीको ११ औ बार्षिक उत्सव तथा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज बुधबार बिभिन्न खेलकुद सम्पन्न भएको छ । जसमा फुटवल तर्फको बिजेता ईलोक्टोनिक मिडिया भएको छ भने ईलेक्टोनिक मिडियाले छापा मिडियालाई १ का बिरुद्ध ७ गोल अन्तर पराजित गरेको छ । 

 

धरान १८ स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको खेलमैदानमा भएको सो फुटबल प्रतियोगतको उपाधी ईलेक्टोनिक मिडियाले हात पारेको छ । निर्धारित ६० मिनेटको खेलमा ईलेक्टोनिक मिडिया (रेडियो,टेलिभिजन) ले ७ गोल तथा छापा मिडिया (पत्रिका) ले –१ गोल गरेका थिए जसमा ईलोक्टोनिक मिडियाको तर्फबाट धिरेन लिम्बूले ह्याटीक गर्नुका साथै पेनाल्टी मार्फत एक गोल थप्दै जम्मा ४ गोल गरेका थिए भने रोजन श्रेष्ठले १ गुरु ढकालले १ तथा अरुण राई १ गोल गरेका थिए । 

null

त्यस्तै छापा मिडियाको तर्फबट एक मात्र गोल भेजराज श्रेष्ठले फर्काउन सफल भएका थिए । खोल समापन सँगै खेलको म्यान अफ द म्याच ईलेक्टोनि मिडियाकोतर्फबाट धिरेन लिम्बु हुँदै नगद एक हजार प्राप्त गरेका छन् भने खेलमा राईजिङ प्लेयरको उपाधी पाउँदै छापा मिडियाका गोल किपर जनकऋिषी राईले समेत नगद ५ सय प्राप्त गरेका छन् उनीहरु दुबैजनालाई धरान फुटवल क्लबका अध्यक्ष तथा एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्ष किशोर राईले पुरस्कार स्वरुप सो रकम प्रदान गरेका थिए । साथै राईले सोही कार्यक्रममा पत्रकार महासंघलाई धरान फुटवल क्लवले एक सेट फुटवल डे«स तथा एक थान फुटवल समेत प्रदान गरेका थिए । 

त्यस्तै सोही मैदानमा आजै भएको हन्डी फोर तथा एक सय मिटर दौडमा प्रथम हुने पत्रकारहरुलाई समेत पुरस्कार प्रदान गरीएको छ । जहा हन्डी फोर कार्यक्रममा बिजेता बन्न सफल भएका पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफु्ले र सय मिटर दौडमा प्रथम स्थान हासिल गर्न सफल औजार राष्ट्रिय दैनिकका फोटो पत्रकार बिकास चाम्लिङ राईलाई समेत नगद ५/५ सयको दरले पुरस्कृत गरिएको थियो । कार्यक्रममा सुनसरीका धरान तथा ईटहरी लगायतका स्थानबाट पत्रकारहको सहभागिता रहेको थियो भने प्रमुख अतिथी धरान फुुटवल क्लबको अध्यक्ष किशोर राई रहेका थिए । महासंघको अन्तिम कार्यक्रम तथा ११ औँ साधारण सभा भोली बिहिबार उद्योग बाणिज्य संघ सुनसरीको सभाहलमा ११ बजे सुरु हुने महासंघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *