‘मध्यपहाडी लोकमार्ग अस्तव्यस्त छ, त्यहाँका जनताले मलाई बसीखान दिएका छैनन्’

 

साउन २३, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञान कुमारी छन्त्यालले अविरल वर्षासँगै आएको बाढीले तुरतुरे ताल फुट्दा मध्यपहाडी लोकमार्ग अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

साउन १९ गते राति वर्षासँगै आएको बाढीका कारण बागलुङको तुरतुरे ताल फुटेर मध्यपहाडी लोकमार्ग, आधा ढोरपाटन नगरपालिका, आधा बडिगाड गाउँपालिकामा पर्ने बाढो दुई सय मिटर अस्तव्यस्त भएको छ । बाटो बगाउँदा गुल्मी हुँदै बाग्लुङ–बुर्तिबाङतर्फ आवत–जावत ठप्प छ । 

null

झण्डैँ एक साता बितिसक्दा पनि सरकारले यसबारे चासो नदिएको गुनासो गर्दै सांसद छन्त्यालले भनिन्, ‘आजसम्म सरकारले सडक बनाउने सुरसार गरेको छैन । त्यहाँका सयौँ जनताले राति सुत्न पनि दिएका छैनन् । बस्न पनि दिएका छैनन् । खान पनि दिएका छैनन् । फोन गरेर मलाई असाध्यै मासु तितो बनाएका छन् ।’ 

छिटो भन्दा छिटो मध्यपहाडी लोकमार्ग निर्माण गर्न आग्रह समेत गरिन् । ज्ञानकुमारी छन्त्याल बागलुङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । 

जिल्लाको बडिगाट गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर कृत्रिम ताल बनेको थियो । उक्त तालमा पानीको चाप बढेपछि गत सोमबार बिहान फुटेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *