उपचारपछि टम ह्यांक्स दम्पती अस्पतालबाट डिस्चार्ज

चैत ४, काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका अभिनेता टम ह्यांक्स र पत्नी रिटा विल्सन डिस्चार्ज भएका छन् । 

ह्यांक्स दम्पती ५ दिनअघि अस्पताल भर्ना भएका ओस्कार विजेता अभिनेता टम र उनकी पत्नी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरु अहिले अस्ट्रेलियामा घरमै ‘होम क्वारेन्टाइन’ मा रहेको अमेरिकी म्यागजिन ‘पिपल’ले उल्लेख गरेको छ ।  

गत हप्ता ह्यांक्सले ट्विटरमार्फत आफू र पत्नी रिटालाई कोभिड–१९ पोजिटिभ देखिएको बताएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *