सुनसरीको धरानमा प्रदेश स्तरीय चौथो पुष्प ब्यापार मेला शुरु

माघ २९, धरान । सुनसरीको धरानमा बुधबार बाट प्रदेश १ स्तरीय चौथो पुष्प प्रदर्शनी तथा व्यापार मेला शुरु भएको छ । पब्लिक माविको खेल मैदानमा सुरु भएको सो मेला फागुनको ४ गतेसम्म सञ्चालन हुनेछ ।   

मेलाको उद्घाटन प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गरेका छन् ।   

दिउँसो १२ बजेबाट सुरु भएको सो पुष्प मेला उदघाटनसँगै मन्त्री मगरले मन्त्रालयले फूलका लागि छुट्टै कार्यालय स्थापना गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।   

कार्यक्रममा मन्तव्य राख्दै उदयपुर बेलका नगरपालिकाका मेयर दुर्गा थापाले नेपालमा व्यवसायिक फूल खेतीको शुरुवात वि.सं. १८९३ सालदेखि इलामबाट शुरु भएको जानकारी दिए ।   

थापाले कोतपर्व हत्याकाण्ड पछि श्री ३ बनेका जङ्गबहादुर राणाले बेलायत भ्रमणका क्रममा सन् १९०७ तिर नेपालबाट मखमली प्रजातिको फूल विदेशीलाई उपहार दिएको कुरा पनि स्मरण गराएका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, समाजसेवी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।   

लोरिकल्चर एशोसिएसशन नेपाल सुनसरीको आयोजनामा सुरु भएको सो मेलामा फूल तथा नर्सरी, खानाका परिकार सम्बन्धी ३ वटा, प्रतिस्पर्धात्मक ३ वटा र मलजन्यको १  र गमला जन्य एउटा स्टल गरी ५२ वटा स्टल रहेको कार्यक्रम संयोजक तथा पवित्रा नर्सरीकी सञ्चालिका समेत रहेकी कल्पना लिम्बूले बताइन् । 

मेलाको उद्घाटनसंगै उत्कृष्ट स्टलको रुपमा हुदै एञ्जेलिया नर्सरी घोषित प्रथम पुरस्कृर समेत पाएका छन  भने  क्यामेलिया नर्सरी दोस्रो बन्दा न्यू ऋतु नर्सरी तेस्रो बनेको थियो ।   

त्यस्तै उत्कृष्ट आलङ्कारिक नर्सरीमा हाम्रो गार्डेन नर्सरी, उत्कृष्ट फुल्ने बिरुवा र मौसमी फूलमा पवित्रा नर्सरी घोषित हुदै ट्रफी र प्रमाणपत्र  पाएका छन । 

मेलामा स्टलमा झापा, मोरङ, सुनसरी र सिराहाबाट आएका व्यवसायीहरूले ४ सय ५० प्रजातिका फूल बिक्री तथा प्रदर्शनीका लागि राखेका छन् भने मेलामा ७० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको आयोजक लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीका सदस्य प्रेम पराजुलीले बताएका छन  ।   

त्यसैगरी गत बर्ष तेस्रो पुष्प प्रदर्शनी तथा पुष्प ब्यापार मेलामा ५० लाख रुपैयाँ कारोबार गर्ने लक्ष्य राखे पनि ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको पराजुलीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *