कपिलबस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु आजदेखि हट्यो

कात्तिक १६, रुपन्देही । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुलले कृष्णनगरमा लगाएको कर्फ्यु हटाएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले एक सूचना जारी गर्दै बिहीबारदेखि लागाएको कर्फ्यु शनिबार बिहान ६ बजेदेखि हटाइएको बताएका छन् ।   

श्रेष्ठका अनुसार १० बुँदे सहमतिसँगै कृष्णनगरको अवस्था सामान्य भएकाले कर्फ्यु हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताएका छन् ।   

बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएपछि उत्पन्न अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले कर्फ्यु आदेश जारी गरेको थियो ।   

शुक्रबार बिहान स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरूसहितको सर्वपक्षीय वार्तामा १० बुँदे सहमति भएपछि आज शनिबार देखि कर्फ्यु हटाइएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *