निसान मोटर्सद्वारा उत्पादित किक्स गाडी बजारमा

मोरङ-निसान मोटर्सद्वारा उत्पादित किक्स गाडी सुनसरीको आधिकारीक विक्रेता ओम साई मोटो कर्प प्रालिले बजारमा ल्याएको छ। 

इटहरीमा आयोजित एक कार्यक्रमका अवसरमा ओम साई मोटो कर्पका निर्देशक कैलाशवावु गेलालले किक्स गाडी नेपाली उपभोक्ताहरुका लागि सुहाउँदो भएको दाबी गरेका छन्। 

गाडीमा एन्ड्रोइड तथा एप्पल कम्पनीद्वारा सञ्चालन गर्न सकिने ८ इन्चको टच स्क्रिन, एलइडी प्रोजेक्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल ,कुल र इलुमिनेटेड बक्स गाडी स्टार्ट गर्न साँचो नचाहिने निर्देशक गेलालले जानकारी दिए। 

null

यस गाडी स्मार्ट कार्डबाट समेत खुल्न सक्ने बताइएको छ।नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर ,ब्रोजन ग्रे ,फायर रेड, एमबर ओरेन्ज ,जीप ब्लु पर्ल र नाइट सेट गरी सात प्रकारका कलरमा उपलब्ध रहेको छ। 

सो किक्स गाडीको नेपाली बजारमा इन्ट्री लेभलको ४७ लाख ९९ हजार र टप लेभलको ५९ लाख ९९हजार मुल्य पर्ने बताइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *