हुसेन हत्या प्रकरणः प्रधानमन्त्री समक्ष ५ बुँदे ज्ञापनपत्र, यस्ता छन् मागहरू

मंसिर ५, दुहबी । फिदा हुसेन हत्या प्रकरणका सम्बन्धमा सुनसरीका जिल्ला प्रमुख अधिकारी प्रेमप्रकाश उप्रेतीमार्फत् प्रधानमन्त्री समक्ष ५ बुँदे ज्ञापनपत्र बुझाइएको छ । 

उक्त ज्ञापनपत्रमा २४ घण्टाभित्र अपराधीलाइ पक्राउ गरी कानूनको दायरामा ल्याउनुपर्ने, मृतक फिदा हुसेनलाइ सहिद घोषणा गर्नुपर्ने, राज्यबाट प्राप्त हुने क्षतिपूर्ति तुरन्त उपलब्ध गराउनुपर्ने, मृतक फिदाको मृत्यू पश्चात् पारिवारिक लालन पालन गर्ने कोहि नभएकोले निजको स्थानमा निजको छोरालाइ तुरन्त जागिर लगाइ दिनुपर्ने, देशभरिनै हत्या हिंसा, बलात्कार र श्रृङ्खलावद्ध मुस्लीम समुदायको हत्या हुँदा समेत मौन रहने वर्तमान सरकारको घोर भर्तसना गर्दै यथासिघ्र शान्ति सुरक्षा र जनताको जिउधनको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीले तत्काल राजिनामा गर्नुपर्ने लगायतका मागहरु रहेका छन् । 

 

null

सयौंका संख्यामा रहेका प्रदर्शनकारीहरुले लाठी र रड लिएर नाराबाजी गरेपछि दिनभर दुहबी बजार तनावग्रस्त रहेको छ । 

२४ घण्टाभित्रमा ज्ञापनपत्रमा उल्लेख भएको माँग सम्बोधन नभए थप आन्दोलन अगाडी बढाउने मृतकका दाजु मेंहदी हुसेनले बताए । 

 

ज्ञापनपत्रमा सुनसरी क्षेत्र नम्वर २ का सांसद सीताराम मेहता, नेपाली काँग्रेसका सुनसरी सभापती तथा प्रदेश १ का संसदीय दलका नेता राजिव कोइराला, १ नम्वर प्रदेश सांसद अगमलाल चौधरी, १ नम्वर प्रदेश सांसद लिलम बस्नेत, दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदार लगायतले हस्ताक्षर गरेका छन् । 

पीडित पक्षले भने दुहबी बजार बन्द गराएका छन् । हत्यारा पक्राउ नगरेसम्म बजार नखुलाउने उनीहरूको भनाइ छ । 

 

  

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *